बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुन मतदान सुरु भएको हो । आज बिहान ७ : ००बजे बाटै सबै मतदान स्थलमा शान्तिपुर्ण वातावरणमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकारी माधव घिमिरेले बताउनु भयो ।
बुढिंगामा १२ हजार ६ सय ५९ मतदाता छन् । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार हुनुहुन्छ ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बूढीगंगामा आज पुनः निर्वाचन गरिदै छ । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
आज भइरहेको मतदानका लागि सबै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।निर्वाचनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन आयोगले पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी सरकारले पनि पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्