विवादमा आइसकेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीना दिनुपर्ने बताएका छन्।
नेता पौडेलले अर्थमन्त्रीले राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रसस्त गरिदिनुपर्ने बताएका हुन्।
अर्थमन्त्रीको कार्यशैलीलाई लिएर चौतर्फी विरोध र प्रश्न उठिरहेको रहेको भन्दै नेता पौडेलले देशको अर्थ मन्त्रालयजस्तो महत्वपूर्ण निकायको काम कारवाहीमा प्रश्न उठेपछि सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
उनले विवादित विषयलाई लिएर अर्थमन्त्रालयले दिएको जवाफले झनै संशय पैदा गरेको बताए। उनले भने,’ हामी लोकतान्त्रिक र कानुनी राज्यको व्यवस्थामा छौं । यसको अवधारणा र मूल्य मान्यता भनेकै राज्य जनता प्रति जबाफदेहि हुनुपर्दछ।राज्यका जुनसुकै सार्वजनिक काम कारवाहीबारे सम्बन्धीत मन्त्रालय माथि उठेको प्रश्नको उचित जवाफ सोही मन्त्रालयले दिनु पर्दछ, यो उसको जिम्मेवारी हो।मन्त्रालयले जवाफ नदिएमा वा चित्तबुझ्दो नभएमा त्यसबारे छानबीन गर्ने जिम्मवारी राज्यको हो।’
उनले राज्यले तोकेको सामान्य नियमसम्म हेक्का नराख्ने अर्थमन्त्रीलाई सीसीटीभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने अर्थ मन्त्रालयको जिम्मेवारीबाट उम्किने छुट नभएको बताए। राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्ने धारणा व्यक्त गरे।
सरकारले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने बताउँदै नेता पौडेलले नेकपा माओवादीले आफनो मन्त्रीलाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गराउनुपर्ने बताए।
बजेट निर्माणका क्रममा अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ राजस्वका दरहरू परिवर्तन गरेको आरोप लागेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्