तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता

काठमाडौं। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ।
ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो।
भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो।
‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #झलनाथ खनाल, #धव नेपाल, #नारायणकाजी श्रेष्ठ, #पुष्पकमल दाहाल, #माधव नेपाल, #वामदेव गौतम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्