सरकारले किसानको वास्ता गरेन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रवन्ध नगरेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको खाद्यान्न आयात भएको बताउनुभयो।‘नेपाल जस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अरबको चामल आयात कसरी भयो ? कृषि प्रधान देश ६० प्रतिशत भन्दा बढी जनता कृषिमा संलग्न छन्,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस्तो अवस्थामा कृषि प्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदी, नाला, उर्बर फाँटहरू छन्। जहाँको जनसंख्या तीन करोड भन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं एक वर्षमा।’
‘यो अत्यन्तै अशोभनीय स्थिति हो। यसकारण की उपयुक्त नीतिका साथ हामी कृषिको आधुनिकरण गरेर, कृषिको व्यवसायीकरण गरेर र कृषि क्षेत्रमा आजको समय अनुसार चाल्न पर्ने नीति साथ अगाडी बढ्न सकेनौं,’ उहाँले भन्नुभयो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्