जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि आज मनाइँदै

काठमाडौ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गरेर मनाउन लागेको हो ।
फाउण्डेसनले नेकपा एमालेका अध्यक्ष एवं फाउण्डेसनका संरक्षक केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना बिचार गोष्ठीको आयोजना गरेको छ ।
जन्मजयन्तीका अवसरमा आजै मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम पनि रहेको छ । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार सुनसरीका कृष्ण राईलाई प्रदान गरिदैछ । यस्तै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुर पुरस्कृत हुदैछ । अध्यक्ष ओलीले यी पुरस्कार राष्ट्रियसभा गृहमा नै वितरण गर्नुहुनेछ ।
यसैगरी विहान ११ बजे तीनकुनेको रोयल व्यांक्वेटमा मदन भण्डारी,जबज र नयाँ पुस्ता विषयमा अनेरास्ववियुले बिचार गोष्ठीको आयोजना गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्र कार्यक्रमलाई सम्बोधन गर्दैहुनुहुन्छ । आज फाउण्डेसनका विभिन्न जिल्ला शाखाहरुले रक्तदान,अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । २०५० सालमा दासढुंगामा जीप दुर्घटना हुँदा उहाँको निधन भएको हो ।
तस्बीरमा जननेता मदन भण्डारी
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #मदन भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्