विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी: योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विद्यार्थीहरुको त्रैमासिक परीक्षा आइसकेको भन्दै विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ भनी प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी रहेको बताएका छन् ।
उनले ७५ प्रतिशत विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने बताउँदै भट्टराईले भने, ‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’
सांसद भट्टराईले काठमाडौँमा समेत ३० प्रतिशत विद्यालयमा पुस्तक नपुगेको उल्लेख गर्दै दुर्गम के अवस्था छ भनि प्रश्न गरे । उनले काठमाडौँकै दरबार हाइस्कुलमा समेत पाठ्यपुस्तक नपुगेको बताए ।
पुस्तक नभएकै कारण बालबालिकाहरु विद्यालय जान सक्ने अवस्था नभएको उनको भनाइ छ ।
‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #योगेश भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्