सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग भरपर्दो र विश्वसनीय नीति तथा व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँमा आज आयोजित पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कुनै पनि राष्ट्रिय महत्त्वको विषयमा सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्ने भन्नुहुँदै नेपालको राष्ट्रिय एकता अझै पनि सुदृढ रहेको बताउनुभयो ।
जनसङ्ख्यामा कुनै देश सानो वा ठूलो भए पनि सार्वभौमसत्ता सबैको समान हुने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।
उहाँले, वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्नुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा सरकारले प्रतिपक्ष दलसँगको संवाद गर्नुपर्ने सुझाव दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्