देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक विषयमा आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषय, प्रधानमन्त्रीको प्रस्तावित अमेरिका भ्रमण र मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको नेताहरूले बताउनुभयो ।
बैठकमा एसपीपीका बारेमा सर्वदलीय बैठक बोलाएर त्यसको यथार्थ बुझ्ने र जनतालाई त्यसबारेमा जानकारी गराउने विषयमा पनि छलफल भएको बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #माधव नेपाल, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्