सैन्य गठबन्धनमा छैनौँ भनेर सरकारले अमेरिकालाई पत्र लेख्नुपर्यो : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकालाई नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर पत्र लेख्न सरकारलाई आग्रह गर्नुभएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) का बारेमा धारणा राख्दै उहाँले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गर्नुभएको हो ।
‘परराष्ट्र मन्त्रीले एसपिपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपिपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ, उहाँले भन्नुभयो, ‘अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’
एसपिपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने रावलको माग छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्