समाजवादलाई सहज ढङ्गले बुझ्न जरुरी छ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाको समापन समारोहमा अध्यक्ष ओलीले नेपालमा समाजवाद भनेको सुखी नेपाली र समृद्ध नेपाल भएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरूले सही नीतिको कार्यान्वयन र प्रचार गर्नुपर्ने, देश बनाउनका लागि पार्टीको आवश्यकता भएको भन्दै विकासका उद्देश्य परिपूर्ति गर्नका लागि काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।
उहाँले, जनप्रतिनिधिहरू अनुशासित बन्दै जनताको सेवामा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव समेत पारित गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्