प्रचण्डले किन गरेनन् माओवादी पदाधिकारी विस्तार?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन सकिएको लामो समयसम्म पनि अन्य पदाधिकारी विस्तारमा चासो देखाएका छैनन्।
केन्द्रीय समितिबाट अध्यक्षमा निर्वाचित भएका प्रचण्डले चुनावअघि नै बहुपदीय प्रणालीमा जाने र पदाधिकारी विस्तार गर्ने बताइएको थियो। तर, स्थानीय निर्वाचनलाई अगाडि देखाएर उनले पदाधिकारी विस्तार नगरेका हुन्।
माओवादी एमालेको ढाँचामा नै बहुपदीय प्रणालीमा जाने तयारीमा थियो। तर, महासचिवका विषयमा विवाद हुने भएपछि प्रचण्डले पदाधिकारी विस्तार नगरेका हुन्। आगामी चुनावसम्म पनि उनले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको उच्च स्रोतले जनाएको छ।
महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र बर्षमान पुनको प्रसतिस्पर्धा हुने र चुनावअघि निर्णय लिएको खण्डमा माओवादीलाई समस्या पर्न सक्ने भएकाले प्रचण्डले अनिर्णित हुने चलाखी गरेको स्रोतको दाबी छ।
‘पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावमा माओवादीमा अन्तरघात पनि हुन सक्ने सम्भावना देखेपछि प्रचण्डले निर्णय लिन नसकेका हुन्’, माओवादी स्रोतले भन्यो,‘आगामी संघीय चुनावसम्म पनि माओवादी पदाधिकारीविहिन हुने सम्भावना ज्यादा छ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्