‘लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित: प्रदीप पौडेल

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको बताएका छन् । बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहने पनि बताए ।
‘बालेन्द्र शाह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारमाथि नागरिकहरुले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आम नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको छ । र, आजका नागरिक जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहन्छन्, इमान्दार व्यक्ति चाहन्छन्, स्थानीयस्तरमा घुलमिल हुँदै आम मतदातासँग हातेमालो गरेर अघि बढ्ने पथप्रदर्शक चाहन्छन्, स्पष्ट विचार, भिजन र एजेण्डा चाहन्छन्,’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
स्थानीय तह निर्वाचनबाट जनताको नजरमा आफूलाई अब्बल साबित गर्न सफल सबै स्वतन्त्रबाट विजेता जनप्रतिनिधिहरुलाई हार्दिक वधाई तथा सफल कार्यकालको लागि अग्रिम शुभकामना दिएका छन् ।
उनले काँग्रेस जस्तोसुकै चुनावी परिणाम आएपनि हरेक परिस्थितिमा आम नागरिकसँगसँगै उभिँदै आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आगामी दिनहरुमा पनि परिस्कृत हुँदै आम मतदाताहरूको चाहनाको उच्च मूल्याङ्कन गर्दै अझ प्रष्टसँग आफ्ना विचार, भिजन र एजेण्डा सहित तपाईँहरुसँगै सहकार्य गरिरहनेछौं ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्