Techie IT
सोमबार, वैशाख २२,२०८२

कांग्रेसको प्रतिवद्धता पाँच वर्षमा हामी गाउँमा जनतालाई बस्न योग्य बनाउँछौं


 

काठमाडौं । चुनावी घोषणापत्र मार्फत नेपाली कांग्रेसले आगामी पाँच वर्षमा स्थानीय सरकारले गाउँमा जनतालाई बस्न योग्य बनाउने प्रतिवद्धता जनाएको छ । पार्टीका उम्मेद्वार बिजयी भए यसका लागि विशेष प्राथमिकता दिने उसको घोषणापत्रमा उल्लेख छ । ुहाम्रो स्थानीय नेतृत्वले कर्मशील नागरिकहरूका लागि कसरी गाउँ उत्पादनमुखी बन्न सक्छन्, कसरी उनीहरूलाई उनीहरूकै घरनजिक रोजगारी दिन सकिन्छ भनेर आफ्नो स्थानको विशेषता अनुसार आयमूलक पेशा वा रोजगारीलाई उच्च प्राथमिकता दिने छन्ु घोषणापत्रमा उल्लेख छ ।

यस्तै, कांग्रेसले प्रष्ट कार्ययोजनासहित शहरलाई बस्न योग्य ‘लिभेवल’ बनाउन संकल्प गरेको छ । शहर बन्न न्यूनतम मापदण्ड समेत पुरा नगरेर अव्यवस्थित कङ्क्रिटको जङ्गल हुनबाट शहरलाई कसरी जोगाउन सकिन्छ भनेर स्थानीय सरकारले ध्यान दिने पनि कांग्रेसले जनाएको छ । बिजुली, पानी, सडक, फोहोर व्यवस्थापन, स्कुल, अस्पताल, इन्टरनेट, पार्क र खेल मैदानहरू स्थानीय सरकारका प्राथमिकतामा हुने पनि कांग्रेसले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545