गठबन्धन सरकारले अर्थतन्त्र धरासायी बनायो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा जारी आर्थिक संकटतर्फ लक्षित गर्दै यस्तो भनेका हुन्।
‘देउवा नेतृत्वको सरकारले नौ महिनामै देशलाई कंगाल बनायो,’ उनले भने, नेपाल उर्वर देश हो। यहाँका जनता मिहिनेती छन्। तर गठबन्धन सरकारले अर्थतन्त्र धरासायी बनायो।’
उनले अर्थतन्त्र धरासायी भयो भनेर गभर्नर महाप्रसाद अधिकारीले सही सुझाव दिँदा निलम्बन गर्नु दुखद भएको बताएका छन्। सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीले बताए।
ओलीले फरक प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मिएको बताएका छन्।
ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन्। उनले प्रचण्ड र नेपाल दुवै आफू पनि सकिएर कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्