कांग्रेस महाधिवेशनमा विनोद चौधरी र उमेश श्रेष्ठ उम्मेद्वार बन्न नपाउने

काठमाडौँ, २३ मंसीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सांसदद्धय विनोद चौधरी र उमेश श्रेष्ठ उम्मेद्वार बन्न नपाउने भएका छन् ।
पार्टीको भोलिदेखि सुरु हुन लागेको १४ औँ महाधिवेशनमा क्रियाशिल सदस्यताका कारण सांसदद्धय चौधरी र श्रेष्ठ केन्द्रीय सदस्यमा उम्मेद्वार बन्न नपाउने भएका हुन् ।
सांसद चौधरी विस २०७४ सालमा नेकपा (एमाले) बाट काँग्रेसमा प्रवेश गर्नुभएको र श्रेष्ठले क्रियाशिल सदस्यता लिएको ७ वर्षमात्र पुगेकाले दुबै सांसदहरु काँग्रेस केन्द्रीय सदस्य लड्न नपाउने भएका हुन् ।
नेपाली काँग्रेसको विधानको परिच्छेद–६, १६ (च) अनुसार ‘केन्द्रीय महाधिवेशनले कम्तिमा १० वर्ष निरन्तर नेपाली काँग्रेसको सदस्य रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधीमध्येबाट यस विधानमा तोकिएबमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यको निर्वाचन गर्नेछ,’ भन्ने उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #१४ औँ महाधिवेशन, #breaking, #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्