निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको हो । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ।
रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।
उहाँले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो । एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताउनुभयो । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #भीम रावल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्