कांग्रेस अधिवेशन : चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजानिक गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित हुनुभएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित हुनुभएको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित हुनुभएको छ । उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं. ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कांग्रेस अधिवेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्