Techie IT
आईतबार, असार ८,२०८२

एमालेले महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने


नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशनमा माधवकुमार नेपाल नेतृत्व नेकपा (एकिकृत माजबादी) लाई नबोलाउने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एमालेले प्रमुख राजनीतिक दललाई महाधिवेशनमा बोलाउने तर नेकपा एकिकृत समाजबादीलाई भने नबोलाउने जनाएको छ ।

माधव नेपालको पार्टी अवैध भएको भन्दै नबोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भने ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । एमालेमै रहने निर्णय गर्नुअघि उनी एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए ।

नेपालले १ भदौमा नेकपा (एमाले) विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका थिए । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेले महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545