सङ्खुवासभा काङ्ग्रेस : दुई दिनको रस्साकस्सीपछि प्रदेश क मा सर्वसम्मत
कांग्रेस बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गरौंः पूर्वराज्यमन्त्री खड्का

संखुवासभा, खाँदबारी । स्थानीय तहको निर्वाचनको झल्को दिने गरी चुनावी रौनकले खाँदबारी धपक्कै बलेको छ । तर, कुनै आम निर्वाचन होइन, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा, पालिका र क्षेत्रीय अधिवेशनको रौनकले खाँदबारी बजार गुलजार बनेको हो ।
आज बुधबार खाँदबारीमा क्षेत्रीय अधिवेशनको उद्घाटन भएको छ । क्षेत्रीय सभापति उमेश चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले गरेका हुन् ।
उद्घाटन समारोहमा पूर्वमन्त्री खड्काले भने, ‘संखुवासभामा तीन तहकै निर्वाचन नेपाली कांग्रेसको पक्षमा पार्न पहल गर्नेछु । लोभलाग्दो कांग्रेस बनाउँछु, कांग्रेस बलियो बनाउन सर्वसम्मत अधिवेशन गर्नुपर्छ । यी कुरा धैरै ठूलो मेहनत र साथीहरूको सहयोगबाट मात्र सम्भव भएको छ ।’
सबैको चाहना अनुरूप सर्वसम्मतिको बाटो रोजिएको नेता खड्काको भनाइ थियो । तीनै तहको निर्वाचनलाई मध्यनजर गरेर सहमति भएको छ, संगठनमा काम गरेका सबै साथीहरूलाई भूमिका दिइनेछ, नेता खड्काले भने, आफूले जिम्मेवारी नपाए पनि साथी हुँदा आफै भएको अनुभूति गर्नुहोला । यो अधिवेशनलाई ऐतिहासिक बनाउनुपर्छ । त्यसका लागि सबैको सहयोग अपरिहार्य छ, नेता खड्काले भने ।
सङ्खुवासभा काङ्ग्रेस : दुई दिनको रस्साकस्सीपछि प्रदेश क मा सर्वसम्मत
काङ्ग्रेस सङ्खुवासभाको प्रदेश क मा दुई दिन लामो रस्साकसी पछि सर्वसम्मत समिति चयन भएको छ । समितिको सभापतिमा देउमान राई, उपसभापतिहरूमा निरञ्जन श्रेष्ठ र सुजन राई, त्यस्तै सचिवमा संयोगान्त कुलुङ र थुकोक लामा सहित कार्यसमिति र प्रदेश प्रतिनिधिहरू सर्वसम्मत भएका हुन् ।
नामावली सहित
क्याटेगोरी : फोटो फिचर, राजनीति, समाचार
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्