तारकेश्वर कांग्रेस इकाइ अधिवेशन : निर्वाचन अधिकृत बिरुद्ध मुदा दायर गर्ने

तारकेश्वर काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं ३ को ईकाइ अधिवेशनमा बिवाद भएको छ । ईकाइ अधिवेशन गौर कानुनी रुपमा संचालन भएको भन्दै बिरोध भएको छ । नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालका अनुसार अधिवेशन शुरुहुने पूर्व सन्ध्यामै बिधान लत्याइएको छ । ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए , उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको अर्यालको भनाई छ । तवकी बिधान अनुसार उम्मेदवारी दर्ता पाँच सय रुपैया रहेको छ र उम्मेदवारी फारममा प्रस्तावक र सर्मथक अनिवार्य हुनुपर्दछ ।
त्यस्तै दिनभर निर्वाचन हुन नसकेको र सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गर्नुभएको उनी बताउछन ।
निर्वाचन अधिकृतनै अबैधानिक
वडा नं ३ को ईकाइ अधिवेशनका लागी बरिष्ठ अधिवक्तmा पोषण राज लामिछानेलाई तोकीएको थियो तर सोही स्थानमा हरिशरण खतिवडालाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ । ने.वी संघ ग्रामीण आर्दश बहुमुखी क्याम्पसका पूर्व सभापति रहेका खतिवडा हाल नुवाकोट पंचकन्या गाउँपालिका वडा नं ५ बाट क्षेत्रीय प्रतिनिधि रहेका छन । नेपाली कांग्रेसको बिधान अनुसार निर्वाचन अधिकृतक कुनै पनि बहालवाल समितिमा रहनुहुदैन ।
निर्वाचन अधिकृत बिरुद मुदा दायर गर्ने
यसै बिच ईकाई सभापतिका प्रत्यासी राजु फँयालले निर्वाचन अधिकृत हरिशरण खतिवडा बिरुद्ध उजुरी गर्ने बताएका छन । वडा नं ३ मा रहेका २०२ जना क्रियाशिल सदस्यहरु मध्य १५० भन्दा बढीको हस्ताक्षर भएको र आजै जिल्ला निर्वाचन कार्यालय ज्ञानेश्वर र केन्द्रिय निर्वाचन कार्यालय सानेपामा उजुरी दर्ता गर्ने फँयालले बताए ।
सोही बिषयमा साझापाना अनलाइनले निर्वाचन अधिकृत हरिशरण खतिवडासंग पटक पटक कुरा गर्ने खोज्दा उहाँले केही कुरा गर्ने चाहानु भएको छैन ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस इकाइ अधिवेशन : निर्वाचन अधिकृत बिरुद मुदा, #तारकेश्वर कांग्रेस इकाइ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्