राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाँैमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ ।
पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ ।
काठमाडौँ जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ ।
अहिलेसम्म २२ जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ । अधिवेशन भएका जिल्लाबाट स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्न सुझाव आएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्