एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक , यस्ता छन निर्णयहरु

पुकार तिमलसिना
काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र नं ६ को बैठक सम्पन्न भएको छ ।
शनिबार काठमाडौको गोगंबुमा बसेको बैठकले , पार्टी सदस्य बिस्तार /नवीकरण , शाखा कमिटिहरुको बैठक , बिभिन्न जनसंगठनहरुको गठन / पूर्नगठन, तिब्र
स्थानिय बिकाश लगायतका बिषयहरुमा छलफल भएको एमाले नेता तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।
मेयर अधिकारीका अनुसार पार्टीको सदस्यता नवीकरण गरि पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गराउने , पार्टीका वडा स्तरका र पालिका स्तरका अधिवेशनहरू यथासिघ्र गर्ने निर्णय गरेको छ ।
साथै तिब्र स्थानिय बिकाशका लागी बिभिन्न योजनाका साथ पार्टी क्रियाशील बनाउने समेत निर्णय भएको छ ।
काठमाडौं क्षेत्र नं ६ कमिटिका अध्यक्ष बिश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा टोखाका मेयर प्रकाश अधिकारी , तारकेश्वरका मेयर रामेश्वर बोहोरा , नेता लेखनाथ फँुयाल ,महानगर कमिटिका अध्यक्ष निर्मल देउला , नेता मधुसुदन तण्डुकार , तिलक देउला लगायतका नेताहरुको उपस्थीत रहेको थियो ।
नेकपा एमाले काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा साउन २ गते सनिवार एकै दिन क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएका छन। असार ३० गते बसेको नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय बैठकको निर्णय अनुसार सबै निर्वाचन क्षेत्रमा बैठक बसेका हुन ।।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्