राष्ट्रिय युवा संघले हजारौंको संख्यामा भ्याक्सिन भोलेन्टियर खटाउने

जेठ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने बताएका छन् ।
संघको गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत व्यक्त गरेका छन् ।
सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म हजारौं स्वयमसेवक परिचालन गरिने उनको भनाइ छ । नेपालमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको दाबी पनि उनले गरेका छन् ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पीपीई, मास्क, ग्लोभ्सलगायत रू १० लाख रकम बराबरको सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #युवा संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्