प्रधानमन्त्रीको सम्वोधनः कोभिडका १९ को महामारीमका बाबजुद पनि २०७७ साार्थक नै रह¥यो

सीता पौडेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिदै कोभिड १९ को महामारीका बाबजुद पनि २०७७ साार्थक
नै रहेको दावी गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा नेपाल टेलिभिजनबाट सम्पूर्ण नेपालीहरुलाई प्रत्यक्ष सम्वोधन गदै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।
कोरोना कहरविच पनि नेपालमा सरकारका तर्फबाट धेरै सकारात्मक एवम् विकास निर्माण र जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ हुने धेरै काम भएको दावी गदै प्रधानमन्त्री ओलीले भने, ‘ कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’
हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउनु , मेलम्चीलाई काठमाडौं वासीका धारामा पुर्याउनु लगायतका राम्रा कामहरुमा सरकारले सार्थकता पाएको उनको दाबी छ ।
साथै सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनको भनाई छ ।
प्रधानमन्त्री आलीले भने ‘ हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्यौं,’ आलीले भने ।
कोरोना भाइरसको पुनः प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह समेत गरेका छन् ।०७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस् भन्दै प्रधानमन्त्रीले भने , यसको प्रभावलाई न्युनिकरण गर्न हामी सजग हुनु पर्छ । यसर्थ पनि सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्न म सबैमा आग्रह गर्छु । ’
क्याटेगोरी : राजनीति
ट्याग : ##प्रधानमन्त्रीको सम्वोधनः, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्