निर्मला पन्त जस्तै भागरथी भट्टको घटनामा गैरजिम्मावार नबन्न प्रचण्ड र नेपालको सरकारलाई आग्रह
भागरथी भट्ट

काठमाडौँ, २४ माघ ः नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले वैतढीका वालिका भागरथी भट्टलाई वलत्कार पछि हत्या गर्नेलाई कारवाहीको माग गरेका छन ।
आज विज्ञप्ति जारी गर्दै दुवै जनाले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै भट्टलाई वलत्कार गरी हत्या गरिएको घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्नु भएको छ ।
अस्ति विहीबार माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं। ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भएको थियो । उक्त घटनाले आफू स्तब्ध र मर्माहत भएका बताउनु भएको छ ।
विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गरेको उहाँहरुले उल्लेख गर्नु भएको छ ।
डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुवैले भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्