“मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ “?प्रधानमन्त्री ओली

११ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ ।
आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ रु’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्