सांसद थापा बर्दिया पुगेर दश लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ, । सांसद तुलसा थापाले कोरोना भाइरस ९कोभिड १९०को रोकथाम र नियन्त्रणका लागि बर्दियाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
क्वारेन्टाइनमा बसेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि चारवटै स्थानिय तहका प्रमुखलाई उहाँले१० लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । नेकपाका उपाध्यक्ष वामदेव गौतमको सहकार्यका थापा बर्दिया पुगि स्थानीय तहलाई सामाग्री प्रदान गर्नु भएको हो ।
माक्स सर्जिकल पाचँ सय थान ,एन ९५ थान माक्स ५सय थान पंजा ५सय जोडा, सेनिटाईजर तिन सय थान, आइ आर थर्मोमिटर ५थान, गाउन ३० थान , सजीकल प्याड पाचँ सय थान सामाग्रि रहेका छन । ती स्थानिय तह वासगढि, बार बर्दिया, बढैया ताल गाउपालिकाका रहेका छन ।यसअघि पनि उहाँल ठूलो मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
बर्दियाका पिसिआर मेसिन जडान गर्न केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग माग गर्नु भएको थियो । भारतसंग सिमाना जोडिएको बर्दियाका अधिकांश मानिसहरु रोजगारका लागि भारत जाने गर्दछन । त्यसैले ति मानिसहरुको कोभिड १९ को संक्रमण बढ्ने खतरा भएकोले पिसिआर मेसिन उपलब्ध गराउन मन्त्री ढकालसंग आग्रह गर्नु भएको हो ।
वागगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले सांसद थापाले उपलब्ध गराएको सामाग्रीले कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । सोही क्रममा बर्दियाका विभिन्न क्यारेन्टाइनको समेत स्थलगत अवलोकन गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्