खेल रद्ध भएपनि नाचेर फर्किए नेपाली समर्थक (फाटो फिचर)

अमेरिका (फ्लोरिडा) जेठ ३० गते । फ्लोरिडाको वेस्टपामबिचमा बस्दै आउनुभएकमा बुटबलका राजकुमार श्रेष्ठले नेपाल र श्रीलङ्काबिचको खेल हेर्न दुई महिनाअघि टिकट बुक गर्नुभएको थियो ।
उहाँले आफुसँगै श्रीमती र दुई जना बच्चाका लागि पनि टिकट लिनुभयो । महङ्गो मुल्यको दर्शक टिकट लिएर परिवारसहित बुधबार ब्रोवार्ड काउन्टी स्टेडियम पुग्नुभएका श्रेष्ठले खेलको मजा भने लिन पाउनुभएन ।
‘‘नेपालले राम्रो खेल्ला र जितको मजा लिन पाईएला भनेर उत्साहित थियौँ । तर दुई महिनादेखि नेपाली समुदायले गरेको मिहेनत र उत्साहमा वर्षा बाधक बन्यो । खेल हेर्न नपाएपनि अविरल वर्षाबिच हजारौँ संख्यामा उपस्थित नेपाली दाजुभाई र दिदी बहिनीलाई देखेर खुशी लागेको छ । आज नेपाल पुगेको जस्तो भान भएको छ,’’ श्रेष्ठले भन्नुभयो ।
ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए ।
बाजा गाजा, नेपालको झण्डा र नेपाललाई समर्थन गनै विभिन्न प्लेकार्ड बोकेर प्यारापिटमा जम्मा भएका नेपाली समर्थकले खेल सुचारु हुने सोचमा लामो समय नाचगान गरेर विताए । गित गाए र धेरै समय रमाए पनि ।
अन्तिममा लगातार वर्षाले टस नै नगरी अम्पायरले खेल रद्ध भएको घोषणा गरेपछि नेपाली समर्थक निराश बनेर घर फर्किएका थिए ।
१४ हजार क्षमताको ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार करिव पाँच हजारको संख्यामा नेपाली समर्थक विभिन्न स्थानबाट पुगेका थिए । नेपालको तुलनामा श्रीलङ्काको समर्थक नगन्य देखिन्थे ।
यसअघि डालासमा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि त्यहाँको स्टेडियम नेपाली समर्थकले भरिएको थियो । नेपाली क्रिकेटले उचाई लिँदै जाँदा देश भित्र र बाहिर हरेक खेलमा समर्थकको उल्लेख्य साथ रहँदै आएको छ ।
नेपाली समर्थकले वेस्ट इन्डिजमा हुने खेलमा समेत साथ दिने विश्वास गरिएको छ ।
क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #खेल रद्ध भएपनि नाचेर फर्किए नेपाली समर्थक (फाटो फिचर)
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्