Techie IT
आईतबार, माघ १३,२०८१

सामाजिक सुरक्षा भत्ता नरोक्न संखुवासभा एकल महिला समुहको माग


एकल महिला समुह संखुवासभाले ६० वर्षमुनिका एकल महिला तथा अति अशक्त अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसंग आग्रह गरेको छ । जिल्ला सचिब महेश्वरा श्रेष्ठ र कोषाध्यक्ष हेमकुमारी पोखरेलद्धारा मंगलबार जारी ध्यानाकर्षणपत्रमा लामो समयदेखि एकल महिला र अपांगता भएका व्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा रोकिएको बारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नरोक्न माग गरिएको छ ।

एकल महिला समुह संखुवासभाले कोभिड–१९ र लकडाउनका कारण उत्पन्न विषम परिस्थितिमा एकल महिला र अपांगता भएका व्यक्तिलाई सरकारबाट राहत लगायतका थप कार्यक्रम घोषणा हुनुपर्नेमा उल्टै सामाजिक सुरक्षा भत्तासमेत रोकिनु आपत्तिजनक भएको टिप्पणीसमेत गरेको छ ।

लकडाउनका कारण अपांगता भएका व्यक्तिहरूलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएकाहरूलाई राहत तथा सूचना र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै त्यस्तो समस्या समाधान गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य मार्फत एकल महिला समुहले मंगलबार ध्यानाकर्षण पत्र बुझाउदै केन्द्रमा पठाउन माग गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:51 am5:40 pm +0545