सुनवल नाकामा अलपत्र परेका संखुवासभाका २३ जना नेपालीको उद्दार

संखुवासभा – रुपन्देहीको सुनवल नाकाबाट संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए । अलपत्र परेका नागरिकलाई मादी नगरपालिकाको पहलमा उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए । उनीहरु रातरात भागेर भारतबाट २४ दिन अघि सुनौल नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
भारतबाट लकडाउन छल्दै नेपाल प्रवेश गरेका उनीहरुलाई रुपन्देही प्रशासनले क्वारेन्टाइनमा राखेको थियो । स्थानीय प्रशासनले जिल्लामा राख्ने क्वारेन्टाइन भरिएपछि संखुवासभालाई आफ्ना नागरिक लैजान अनुरोध गरेको थियो । नाकामा क्वारेन्टाइन भरिएर राख्ने ठाउँ नभएपछि हामी आफ्नो नागरिकलाई उद्दार गरेको नगर प्रमुख लिङ्थेपले बताए । उनले भने, ‘अहिले पनि भारतबाट विभिन्न नाकाबाट नेपालीहरु भित्रने क्रम नरोकिएका कारण नाकामा क्वारेन्टाइन भरिन थालेपछि रुपन्देहीको स्थानीय प्रशासनले हामीलाई अनुरोध गरेपछि उनीहरुलाई उद्दार गरिएको हो ।
उद्दार गरिएकामा मादीका ९, चैनपुरका ५ र खाँदबारी नगरपालिका १ जनालाई धर्मदेवी नगरपालिका–४ पिलुवामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ भने पाँचखपन नगरपालिकाका ७ जनालाई पाँचखपनकै क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै सभापोखरीका १ जनालाई सभापोखरीकै क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैलाई आ–आफ्नो गाउँ तथा नगरपालिका खर्चमा उद्दार गरिएको मादी नगर प्रमुख लिङ्थेपले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्