सुनवल नाकामा अलपत्र परेका संखुवासभाका २३ जना नेपालीको उद्दार
संखुवासभा – रुपन्देहीको सुनवल नाकाबाट संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए । अलपत्र परेका नागरिकलाई मादी नगरपालिकाको पहलमा उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए । उनीहरु रातरात भागेर भारतबाट २४ दिन अघि सुनौल नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
भारतबाट लकडाउन छल्दै नेपाल प्रवेश गरेका उनीहरुलाई रुपन्देही प्रशासनले क्वारेन्टाइनमा राखेको थियो । स्थानीय प्रशासनले जिल्लामा राख्ने क्वारेन्टाइन भरिएपछि संखुवासभालाई आफ्ना नागरिक लैजान अनुरोध गरेको थियो । नाकामा क्वारेन्टाइन भरिएर राख्ने ठाउँ नभएपछि हामी आफ्नो नागरिकलाई उद्दार गरेको नगर प्रमुख लिङ्थेपले बताए । उनले भने, ‘अहिले पनि भारतबाट विभिन्न नाकाबाट नेपालीहरु भित्रने क्रम नरोकिएका कारण नाकामा क्वारेन्टाइन भरिन थालेपछि रुपन्देहीको स्थानीय प्रशासनले हामीलाई अनुरोध गरेपछि उनीहरुलाई उद्दार गरिएको हो ।
उद्दार गरिएकामा मादीका ९, चैनपुरका ५ र खाँदबारी नगरपालिका १ जनालाई धर्मदेवी नगरपालिका–४ पिलुवामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ भने पाँचखपन नगरपालिकाका ७ जनालाई पाँचखपनकै क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै सभापोखरीका १ जनालाई सभापोखरीकै क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैलाई आ–आफ्नो गाउँ तथा नगरपालिका खर्चमा उद्दार गरिएको मादी नगर प्रमुख लिङ्थेपले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्