फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौँ, १० जेठ (रासस) ः विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ ।
न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताउनुभयो ।
व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
विगत २५ वर्षदेखि काठमाडौँमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आउनुभएका हुसेनले उपलब्ध गराउनुभएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गर्नुभयो ।
ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौँ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताउनुभयो ।
विपद्मा फोटो पत्रकारलाई सम्झेर सहयोग गरेकामा अध्यक्ष चित्रकारले व्यवसायी हुसेनको प्रशंसा गर्नुभएको एनएफपिजेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #फोटो पत्रकार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्