स्वास्थ्यलाई अरुण तेश्रोको स्वास्थ्य सामाग्री सहयोग
संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेश्रो आयोजनाले स्वासथ्य कार्यालयलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । अरुण तेश्रोले स्वास्थ्यलाई पुनप्रयोग गर्न सकिने ग्राउन १ सय थान, ग्लोव्स २ हजार ५ सय जोडी, भिरेक्स पाउडर ३ सय पाकेट, एन ९० माक्स ३ सय थान, सर्जिकल माक्स ३ हजार थान र फेस सिल्ड १ सय थान उपलव्ध गराएको हो ।
ती सामाग्री ३ लाख ७५ हजार ७ सय २५ बराबरको भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । स्वास्थ्य प्रमुख लाई अरुण तेश्रो आयोजनाका प्रतिनिधिले शुक्रबार एक कार्यक्रम बीच उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । कोरोना भाईरसको संक्रमणको खतरा भइरहेको अवश्थामा अरुण तेश्रोको यो सहयोगले राहत मिलेको बाह्रकोटीले बताउनुभयो । यसअघि पनि जिल्ला अस्पताल संखुवासभालाई अरुण तेश्रो आयोजनाले पीपीई सेट, २ वटा भेन्लिेटर लगायतका सामाग्री सहित करिब ९० लाख रुपैयाको सहयोग गरिसकेको छ । ती सामाग्री जिल्ला अस्पतालमा प्रयोग भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्