संखुवासभामा बच्चा गुमाएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार ( फोटो फिचर )

संखुवासभा – खाँदबारी नगरपालिका ६ की सुत्केरी गंगा कार्कीलाई हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरेर शुक्रबार काठमाण्डौ लगिएको छ । बच्चा गुमाएकी ३२ बर्षिया कार्कीलाई सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।

खाँदबारी ६ पांठा घर भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्टपति महिला उत्थान कार्यक्रम अन्तगत उनलाई उद्धार गरेर थप उपचारका लागि लगिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । उनको उपचार थापाथली प्रसुती गृहमा हुनेछ ।

प्रसव पीडाले च्यापेपछि कार्की गएको चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयरो गरेर बसेको चिकित्सकले पत्तला लगाएपछि विराटनगर स्थित नोबेल अस्पताल रिफर गरिएको थियो । नोबेल अस्पतालमा मृत शिसु जन्मेपछि उनी बेहोस भएकी थिईन् ।

त्यहाँ उनका परिवारले २ लाख बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो । आर्थिक अवस्था कमजोर भएकाले खर्च धान्न नसकेको भन्र्दै बिहीबार बेलुकी घर आइपुगेका थिए । राती बिरामी परेपछि शुक्रबार बिहानै जिल्ला अस्पतालमा भर्ना गरिउको थियो ।

जिल्ला अस्पताल खाँदबारीले रिफर गरेको बिरामी शुक्रबार बिहान अस्पताल आएपछि सामान्य उपचार गरेका थियो । खाँदबारीबाट रिफर भएकी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मृत शिसु निकालिएको थियो ।
सुत्केरी अवस्थामा रहेकी कार्कीको अवस्था अत्यन्तै नाजुक रहेको छ । उनको शरिरमा रगतको मात्रा र अन्य विभिन्न समस्या रहेको छ । पहाडी जिल्ला संखुवासभाबाट सुत्केरी उपचार हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको यो पहिलो घटना हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्