तारकेश्वर बासीलाई कोभिड परीक्षण गराउन नेपाली काँग्रेस एवं मानव अधिकार संगठको माग
जेठ ८ तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर तथा नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसप्रति सजगता अपनाउन व्यक्ति र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण काठमाडौ उपत्यकामा फैलिएको लामो समय भइसक्दा पनि तारकेश्वर नगरपालिकाले कोभीड चेक जाँचका लागी कुनै अगुवाई नगरेको नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ६ का संगठन बिभाग प्रमुख बिष्णुभक्त तिमिल्सिनाले बताए ।
उनले तारकेश्वर नगरपालिकाभित्र जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छन। हेल्थ डेस्क राखिएपनि दक्ष जनशक्ति राखिएको छैन। कोरोना भाइरस बारेमा जनचेतना जगाउन र तारकेश्वर नाकामा प्रवेश गर्ने बिभिन्न नाकामा कडाई गर्दे आवश्यक स्वास्थ्यकर्मी राखेर जाँचको व्यवस्था मिलाउन माग गरेका छन।
यस्तौ तारकेश्वरको छिमेकी नगरपालिकामा समेत कोरोना भाइरसको त्रास फैलिएको बेला नगरपालिकाले उच्च सतर्कता नअपनाएको नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिका अध्यक्ष हरि तिमिल्सिनाले बताए ।
बिभिन्न नाकाहरुबाट सहज रुपमा दैनिक ठूलो संख्याका मानिसहरु आवतजावत गर्ने भएकाले तारकेश्वरमा उच्च सतर्कता सहित कोभिड जाचँको व्यवस्था मिलाउन तिमिल्सिनाले आग्रह गरेका छन।
नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ एवं मृतकको संख्या तीन पुगीसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल मानवअधिकार संगठन तारकेश्वर, #बिष्णुभक्त तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्