टोखामा ७९६ जनामा कोभीड जाचँ गर्दा १३ जनामा आरडिटि पोजेटिभ देखियो
टोखा नगरपालिकाका १३ जनामा आरडीटी (कोरोना भाइरसर छिटो डायग्नोस्टिक परीक्षण) पोजिटिभ देखिएका छन् ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १,२,३ र ७ वडाका १५४ जनामा आरडीटी परीक्षण गरिएकोमा ७ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । जस अनुसार १ वडाका १ पुरुष, ३ वडाका १ पुरुष (मेडिकल स्टोर) र ६ वडाका ३ पुरुष र २ महिलामा आरडीटी पोजेटिभ देखिएको हो । ६ वडाका आरडीटी पोजिटिभ देखिएका ४ जना तरकारी व्यवसायी र एक महिला मेडिकल स्टोरका रहेका छन् ।

टोखा नगरपालिकाले बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र , श्रीसमाज भवन, हेराल्ड कलेज र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ५०८ जनाको आरडीटी परीक्षण गरिएकोमा १३ जनामा पोजिटिभ देखिएको टोखा नगरपालिका स्वास्थ्य शाखाले जनाएका छन् ।

आरडिटीमा १३ जनाको पोजेटिभ देखिएको कुरा टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार आरडिटि पोजेटिभहरुलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
नीज व्यक्तिहरुको पिसिआर जाँचको लागि टेकुमा स्याम्पल पठाइएको छ । कोरोना टेष्टका लागि टोखा प्राथमिक स्वास्थ्य केन्द्र र ग्राण्डी अस्पतालले ८८ जनाको पिसिआर र २४२ जनाको आरडिटि परिक्षण गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्