टोखामा ७९६ जनामा कोभीड जाचँ गर्दा १३ जनामा आरडिटि पोजेटिभ देखियो

टोखा नगरपालिकाका १३ जनामा आरडीटी (कोरोना भाइरसर छिटो डायग्नोस्टिक परीक्षण) पोजिटिभ देखिएका छन् ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १,२,३ र ७ वडाका १५४ जनामा आरडीटी परीक्षण गरिएकोमा ७ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । जस अनुसार १ वडाका १ पुरुष, ३ वडाका १ पुरुष (मेडिकल स्टोर) र ६ वडाका ३ पुरुष र २ महिलामा आरडीटी पोजेटिभ देखिएको हो । ६ वडाका आरडीटी पोजिटिभ देखिएका ४ जना तरकारी व्यवसायी र एक महिला मेडिकल स्टोरका रहेका छन् ।
टोखा नगरपालिकाले बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र , श्रीसमाज भवन, हेराल्ड कलेज र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ५०८ जनाको आरडीटी परीक्षण गरिएकोमा १३ जनामा पोजिटिभ देखिएको टोखा नगरपालिका स्वास्थ्य शाखाले जनाएका छन् ।
आरडिटीमा १३ जनाको पोजेटिभ देखिएको कुरा टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार आरडिटि पोजेटिभहरुलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
नीज व्यक्तिहरुको पिसिआर जाँचको लागि टेकुमा स्याम्पल पठाइएको छ । कोरोना टेष्टका लागि टोखा प्राथमिक स्वास्थ्य केन्द्र र ग्राण्डी अस्पतालले ८८ जनाको पिसिआर र २४२ जनाको आरडिटि परिक्षण गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्