Techie IT
सोमबार, चैत्र १०,२०८१

पूर्वराज्यमन्त्री खड्काले गरिदिए संखुवासभा पत्रकार महासंघका सक्रिय पत्रकारहरुको कोरोना वीमा


संखुवासभा, खाँदबारी – पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका सक्रिय पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी सहितको कोरोना विमा गरिदिएका हुन् । नेपाल पत्रकार महासंघले उपलव्ध गराएको क्रियासिल २५ जना पत्रकारको सूची अनुसार कोरोना विमा गरिदिएका हुन् । महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले महासंघका २५ पत्रकार जिल्लाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत छन् ।

उनले एक लाख रुपैया भुक्तानी दावी सहितको विमा गरिदिएकामा पूर्वमन्त्री खड्का प्रति आभार व्यक्त गरे । फ्रन्ट लाईनमा बसेर पत्रकारीता गरिरहेका २५ पत्रकारलाई कोरोना विमाले हौसला मिलेको उनले बताए । यसअघि पनि खड्काले पत्रकार महासंघलाई माक्स र सेनिटाईजर उपलव्ध गराएका थिए । २५ पत्रकारको स्वाव परिक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा विमा कम्पनीले १ लाख भुक्तानी गर्ने छ । खड्काका तर्फबाट विमालेख कांग्रेस नेता अनन्तकुमार गौलीले महासंघका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।

यसैबीच, पूर्व राज्यमन्त्री खड्काले जिल्ला कारागारका कैदीको प्रयोजनका लागि १ हजार लिटरको पानी ट्याङ्की उपलव्ध गराएका छन् । २५ क्षमताको कारागारमा १ सय २० जना कैदीबन्दी तथा थुनुवा बसेको थाहा पाएपछि खड्काले हजार लिटरको ट्याङ्की उपलव्ध गराएको बताए ।

जेलर विनोद अधिकारीले ट्याङ्की अभाव भइरहेको बेला कैदीबन्दीका लागि पानीको जोहो गर्न सजिलो भएको बताए । उनले पूूर्व राज्यमन्त्री खड्कालाई धन्यबाद व्यक्त गरे । खड्काले उपलव्ध गराएको पानी ट्याङ्की कांग्रेस कार्यकर्ता ईह्वर कटुवालले जेलर अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला कारागार संखुवासभा, #दिपक खड्का, #नेपाल पत्रकार महासंघ संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:01 am6:18 pm +0545