भोलिदेखि चल्ने बैठकमा सांसदलाई यस्तो आचारसंहिता

काठमाडौँ, २५ वैशाख । भोलिदेखि सञ्चालन हुने संसद बैठकमा सांसद र अन्य व्यक्तिले ९ बुदे र सांसदले सात बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।
आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले विभिन्न आचारसंहिता पालना गर्ने निर्णय गरेको थियो ।
बैठकमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने गरिएको छ ।
राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसदले एउटै सिटमा बस्नुपर्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै सदस्यले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।
यस्तै संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने , दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने, त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोभिड १९ रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने कुरा आचारसंिहतामा उल्लेख गरिएको छ ।
संघीय संसदको बजेट अधिवेशनमा कोरोना भाइरसबाट सिर्जना भएको विषम परिस्थितिलाई मध्येनजर गर्दै बैठक सुरु हुनुभन्दा एकदिन अगाडि आज सांसदहरु, कर्मचारी तथा मर्यादापालको पिसिआर परीक्षण गरिएको छ।
संसद भवनमा स्वास्थ्य विभागको अनुगमन टोली रहने छन् । अमृत पोख्रेल, बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट, स्वास्थ्य सेवा विभाग टेकु, यसोदा बराल, नर्सिङ अधिकृत, स्वास्थ्य सेवा विभाग टेकु, हरिहर शर्मा बरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा विभाग टेकु रहने छन् ।
सांसदले ती नियम पालना गर्नुपर्ने छ
· सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।
· मेडिकल मास्कको प्रयोग बैठक अवधीभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।
· सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।
· सकेसम्म समूहगत छलफलन नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।
· आफूलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या ९ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी।० देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।
· बैठक हलबाट बाहिर निस्कनु परेमा पुनस् प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।
· बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #संघीय संसद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्