चुनाव हुन दिन्नँ भन्ने छुट जेन–जीलाई छैन : चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेनजीलाई नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
उनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेनजीहरुकाे स्वर परिवर्तन भएकाेमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले जेनजीहरु सानै भएकाले बुद्धि पलाइनसकेकाे उल्लेख गरे ।
उनले भने,‘ सम्माननीय प्रधानमन्त्रीज्यूको सरकार छ त्यसको खास काम भनेको फागुन २१ गते चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तारण गर्नु हो । तर मलाई चाहिँ अलिकति चिसो यसअर्थमा परिरहेको छ जेनजीले प्रधानमन्त्रीज्यूलाई आमा भन्नुहुन्छ, भनिरहेको छ । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिर्वतन गरेर चुनाव हुन दिन्न भनिरहेको छ । त्यो भन्न पाइदैन चुनाव गर्नेपर्छ । जेनजीले पछिल्लो कालखण्डमा आएर हामी चुनाव गराउँदैनौं भन्ने किसिमको जुन भाव व्यक्त गरेको छ । त्यो गर्नुहुँदैन । जेनजीहरु सानातिनो भाइबहिनीहरु छन् अलिकति बुद्धि पलाएको छैन बुद्धि पलाओस् । उहाँ आफनो आमाले गर्न खोज्नुभएको जुन काम छ त्यसमा सहयोग गर्नैपर्छ ।’
आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिलेपनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ काम हुदै आएको जिकिर गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्