बर्दिवासमा नवआगन्तुक कार्यालय प्रमुखहरूको सम्मान
जीवनराज दाहाल (बर्दिवास), १८ मंसिर ।
मधेश प्रदेशका विभिन्न कार्यालयहरूमा सरुवा भई असाइनमेन्ट सम्हाल्न आउनुभएका राष्ट्रसेवक कार्यालय प्रमुखहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम बर्दिवासमा उत्साहपूर्वक सम्पन्न भएको छ ।
बर्दिवास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, फर्निचर तथा फर्निसिङ्ग व्यवसायी सङ्घ महोत्तरी, बर्दिवास मेकानिकल इन्जिनियरिङ एण्ड मोटर पार्ट्स सङ्घ तथा लायन्स क्लब अफ बर्दिवास समाजको संयुक्त आयोजनामा भएको कार्यक्रम बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा कुशल प्रशासक श्री इन्द्रदेव यादवको विशेष उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनायो । साथै राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख श्री चन्दन झा, इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख श्री माधव राज न्यौपाने, सोनमा गाउँपालिकाका अध्यक्ष श्री श्रीदेव यादव, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक श्री बाबुराम कार्की, इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक श्री अभिषेक चन्द र श्री विनय सिंहलाई आयोजक टिमले हार्दिक स्वागत तथा सम्मान अर्पण गरियो ।
नव आगन्तुक राष्ट्रसेवक कर्मचारीहरू तथा व्यवसायी समुदायलाई प्रतिनिधित्व गर्दै होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले स्वागत मन्तव्य राख्दै सहकार्य र समन्वयका आधारमा प्रदेश तथा जिल्लाको समग्र विकासमा सबैको साझा भूमिका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न सङ्घ–संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, समाजसेवी तथा अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले जिल्लामा देखिएका समस्या, सुधारका आवश्यकता तथा आगामी योजनासम्बन्धी प्रत्यक्ष सुझाव र प्रश्नहरू राखेका थिए । ती सबै प्रश्नहरूको जवाफ प्रमुख जिल्ला अधिकारी यादवले तत्परता साथ दिनुहुंदै भावी कार्ययोजनाबारे स्पष्ट धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विष्णुबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई जनअपेक्षा अनुरूप योजनाहरू बनाउन सुझाव दिनुका साथै आयोजक टिमको निमन्त्रणालाई स्वीकार गरी उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
यो विशेष कार्यक्रम ओमकार टेलिभिजनको ‘पञ्चामृत’ मार्फत यसै शुक्रबार साँझ प्रसारण हुने भएको छ ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्