५५ सय विपन्न परिवारलाई राहात बितरण गर्ने अब्वल ९ नम्बर वडा

बिष्णु आचार्य
काठमाण्डौं । कोरोनाको चरम संकटमा परेका मजदुर तथा विपन्न परिवारकालागि काठमाण्डौं महानगरपालिका वार्ड नम्बर ९ महानगरका सबै वडाभन्दा अब्बल रहेको छ । आजसम्म करिव ५५ सय विपन्न परिवारलाई मापदण्डभित्र रहेर कुनै समय समूहमा त कुनै समय घर घरमा पुगेर रहात वितरण गरेका कारण सो वडा अब्बल रहेको हो ।
त्यतिमात्रै हैन, सम्भवतः घर घरमा पुगेर राहत वितरण गर्ने वडामध्ये यो वडा पहिलो नम्बरमा परेको छ । काठमाण्डौं महानगरपालिका र सर्वाङगिण विकास संस्थाले उपलब्ध गराएको राहतलाई समस्यामा परेका परिवारलाई वितरण गरिएको र बन्दाबन्दीको समय लम्बिदै जाने अवस्थालाई मध्येनजर गर्दै दाता तथा संघसंस्थासँग सम्मन्वय भैरहेको पनि ९ वडाकी सकृय महिला सदस्य सिर्जना भेटवाल खरेलले जानकारी दिएकी छन् ।
बन्दाबन्दीको अवस्था निरीक्षण गर्ने र समस्यामा परेका व्यक्तिहरुको पहिचान गर्दै आएकी सदस्य भेटवालले चैत्र २१ गते वितरण गरिएको १६ केजी चामल सकिइसकेको अवस्थाप्रति चिन्ता जाहेर गर्दै भनिन्–अब त्यस्ता व्यक्तिलाई थप राहत कसरी उपलब्ध गराउने भन्ने चिन्ताले सताउन थालेको छ ।
सरदर ४ जनाको परिवारमा ७ केजी चामल, १ केजी चिउरा, आधा केजी दाल र आधा लिटर तेलले उनीहरुको चुलो बल्ने र पेट भरिने काम होला त ? उनको प्रतिप्रश्न थियो ।
यस्तो विषम परिस्थितिमा आजसम्म राहत उपलब्ध गराउने सबै संघ÷संस्थालाई ९ वडा परिवारकातर्फबाट धन्यवाद र अन्य संघ÷संस्था तथा दातालाई थप राहत उपलब्ध गराउन आह्वान समेत गरेको छ । त्यसकालागि निरन्तर सम्पर्क भैरहेको पनि भेटवालले बताईन् ।
क्याटेगोरी : समाचार
ट्याग : #९ नम्बर वडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्