Techie IT
सोमबार, मंसीर १६,२०८२

यि हुन काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना एमाले महाधिवेशन प्रतिनिधि


नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएका छन् ।

नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई र सफल श्रेष्ठ छन् । त्यस्तै २ नम्बर मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की र शान्ता थापा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ र डा.विदुर चालिसे निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ मा उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ र सरस्वती कार्की छन् । पाँच नम्बर क्षेत्रबाट ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ,अम्बर डङ्गोल छन् । क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी र श्यामकृष्ण महर्जन छन् । यो क्षेत्रबाट सबै निर्विरोध प्रतिनिधि छानिएका हुन् । ७ नम्बरबाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिमाल छन् । यो क्षेत्रबाट पूर्णिमा र सपना निर्विरोध छनोट भएका हुन् ।

त्यस्तै ८ नम्बर क्षेत्रबाट राजेश शाक्य, शङ्कर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी छन् । ९ बाट केशव प्रसाद पोखरेल, उत्तम बहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का र सानुमैया खड्का छनोट भएका छन् ।

क्षेत्र नम्बर १० बाट प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले र वसन्ती श्रेष्ठ छनोट भएका छन् । यो क्षेत्रबाट पनि सबै निर्विरोध भएका छन् । दलिततर्फ भक्त दर्नाल छनोट भएका छन् ।

यसैबिच काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँका तीन अध्यक्षहरू भने प्रतिनिधि छनोट भएनन् । आफूहरूले अभिभावकीय भूमिका खेल्दै अरूलाई अवसर दिएर प्रतिनिधि छनोट गरेको उनीहरूको भनाइ छ ।

१४ हजार ७ सय हाराहारी सङ्गठित सदस्य रहेको काठमाडौँबाट ४८ जना प्रतिनिधि छनोट हुँदा ७ हजार ५७ सङ्गठित सदस्य रहेको भक्तपुरबाट १४ जना प्रतिनिधि छनोट भएका छन् ।

७ हजार सङ्गठित सदस्य रहेको ललितपुरमा पनि १४ जना नै प्रतिनिधि छनोट भएका छन् ।

काठमाडौँका अध्यक्ष दीपक निरौला, ललितपुरका पुरुषोत्तम आचार्य र भक्तपुरका बचन देउजाले ११ औँ महाधिवेशनमा प्रतिनिधि नहुने निर्णय गरेका हुन् । निरौलाले आफूहरू अभिभावकीय रूपमा रहने सोच बनाएर यो पटक प्रतिनिधि नबनेको बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यि हुन काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना एमाले महाधिवेशन प्रतिनिधि


तपाईको कमेन्ट लेख्नुहोस्