मृत्युदण्डको विरोधमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान
मृत्युदण्ड सुनाइएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले यही नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्न कार्यकर्ताहरूलाई आह्वान गरेको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया पूर्वप्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई नोभेम्बर १७ मा मृत्युदण्डको सजाय सुनाएको छ।
अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ।
पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ।
अवामी लिगले युनुस र उनका सहयोगीहरूलाई राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।
उसले भनेको छ, ‘बंगलादेशमा नक्कली चुनाव हुन दिइने छैन। यसको कुनै पनि हालतमा विरोध गरिनेछ।’
जुलाई २०२४ मा सरकारी जागिरमा आरक्षणविरुद्ध बंगलादेशमा भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना भारत भागेकी थिइन्। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्।
क्याटेगोरी : समाचार
ट्याग : #बंगलादेशशेख हसिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्