Techie IT
शनिबार, मंसीर ७,२०८२

सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह


काठमाडौं । नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।

बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपिल गरेका हुन् ।

विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह, #सरकार


तपाईको कमेन्ट लेख्नुहोस्