विराटनगरमा दुईदिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा ‘क्यामेराको लेन्सबाट पर्यटनको कथा लेख्ने’ उद्देश्यसहित दुईदिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) सँग सहकार्यमा तालिम सुरु गरेको हो।

कोशीका १४ जिल्लाबाट दुई-दुई जना सहभागीले पर्यटनका सौन्दर्य, संस्कृति र मानवीय पक्षलाई फोटोमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गर्ने सीप सिक्नेछन्।
उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सुशिला बरालले पर्यटन प्रवर्द्धनमा मिडियाको योगदान महत्त्वपूर्ण रहेको बताउँदै यस्ता तालिम सातै प्रदेशमा सञ्चालन भइरहेको जानकारी दिइन्।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकले पत्रकारिताको गुणस्तर सुधारका लागि यस्ता तालिम सहयोगी हुने उल्लेख गरिन्। त्यस्तै, एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले पर्यटन र फोटो पत्रकारिता एकअर्काका पूरक भएको भन्दै नेपाललाई लेन्सबाट संसारसामु चिनाउने समय आएको बताए।
तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप प्रकाश कार्की, प्रशिक्षक सुनिल चुडामणी बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरेका छन्।
कार्यक्रमको सहजीकरण प्रदीप श्रेष्ठले गरेका थिए।

—
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्