मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा र नेसपा पनि सामेल
कात्तिक । मधेश प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन् ।
नेकपा (एमाले)बाट लखन दास, नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन् । उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
एमाले संसदीय दल नेता यादवलाई प्रदेश प्रमुख भण्डारीले आइतबार राति मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मधेशमा तीन मन्त्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्