आन्दोलनका क्रममा निजी सम्पत्तिमाथिको प्रहार नेपालमा आतंकवादको अभ्यास हो : आईजीपी खापुङ
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् ।
खापुङले भने- यस्तो प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ? प्रदर्शनकारी यस्तै गर्दै जाने, सामाजिक सञ्जाल सोसल मिडिया हाम्रो त्यस्तै छ । आम सोसल मिडियाबाट मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी रहन्छौं ? त्यसैले हामीले शान्त भएर देशलाई सबैभन्दा अगाडि राखेर संयमित हुनुपर्छ ।
आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा चित्त दुःखाएका छन् । उनले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नदिएको र कानूनमा समेत त्यो व्यवस्था नरहेको बताए ।
खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने प्रष्ट पारेका छन् । भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले बताए ।
संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको आईजीपीले बताए ।
आन्दोलनकारीले निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने आईजीपीले बताएका छन् । उनले विध्वंस हुँदा प्रहरीले बल प्रयोग गर्न नपाउने हो भने संगठन नै नचाहिने प्रष्ट पारेका छन् । यस्तो बेलामा उल्टै प्रहरीलाई बयानमा बोलाउने कुरामा पनि उनले असन्तुष्टि जनाएका छन् ।
खापुङले भने- मैले यसबीचमा सिपाही हवल्दार सबैसँग भेटेर कुरा गरेको छु । कानून बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छ, राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि आज पनि प्रतिबद्ध छ । कहिलेकहिँ लाग्छ ती सिपाहीको आवाज कसले बोल्ने ? जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति आउँछ भने कसले बोल्ने ? आईजीपीले बोल्नुपर्यो नि !
आईजीपी खापुङले राजनीतिक आन्दोलनको कुरा र लुटपाट तथा आगजनीलाई छुट्याएर हेरिनुपर्ने बताए । खापुङले सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार आगजनी गर्नेलाई राजनीतिक भन्ने कि अपराध भन्ने भनेर पहिले प्रष्ट हुनुपर्ने समेत बताएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्