सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन-जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
कात्तिक । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको र जेनजीहरूलाई कारबाही गरेको भन्दै उनले अर्यालको राजीनामा मागेका हुन् ।
‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुधनले सामाजिक सञ्जालमार्फत् गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । सुधनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’
दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ ।
उनले थप लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईंबाट आशा मरिसकेको छ।’
साथै आफूहरुले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको पनि बताएका छन् । यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने धम्की दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुधनले मागे गृहमन्त्रीको राजीनामा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्