Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

विप्लव समूहले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै प्रदर्शन गरेको छ


 नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।

काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्