जेनजी आन्दोलनमा लुटिएको बन्दुक र गोली झाडीमा भेटियो
जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको गोली र हतियार फेला परेको छ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियार सहित गोली र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा सो हतियार फेला परेको हो । झाडीमा एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो ।
जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको खड्काले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्